प्रहरी र सशस्त्रलाई १५६ नयाँ गाडी खरिद गर्न अर्थ मन्त्रालयबाट ६८ करोड ३५ लाख थप बजेट स्वीकृत

  • कालिका खवर
  • सोमवार, कार्तिक १७, २०८२
  • काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि कुल १५६ थान नयाँ गाडी खरिद गर्न सहमति दिएको छ। यसका लागि मन्त्रालयले थप ६८ करोड ३५ लाख रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ।

    अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (साउनदेखि असोजसम्म) को प्रगति विवरण सार्वजनिक गर्दै उक्त बजेट सहमतिको जानकारी गराएको हो।

    गएको भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा ठूलो संख्यामा प्रहरी र सशस्त्रका गाडीहरू तोडफोड तथा आगजनी गरिएपछि क्षतिपूर्ति स्वरूप नयाँ सवारी साधन खरिद गर्न बजेट स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ।

    बजेटको विस्तृत विवरण यस प्रकार छ:

    नेपाल प्रहरी (कुल ४५ करोड ३० लाख): १०० थान पिकअप र ६ थान प्रिजनर भेइकल (कैदी बोक्ने गाडी)।

    सशस्त्र प्रहरी बल (कुल २३ करोड ५ लाख): २० थान पिकअप, २० थान प्रदर्शन नियन्त्रण गाडी, दुई थान एम्बुलेन्स, तीन थान डिजास्टर रेस्क्यु भ्यान र पाँच थान ट्रक।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar