प्रधानमन्त्रीको अस्वाभाविक व्यवहार देखाउने शैलीले अप्रिय सन्देश दियो : काँग्रेस

  • कालिका खवर
  • मङ्लबार, बैशाख २९, २०८३
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले देखाएको व्यवहारले अप्रिय सन्देश दिएको बताएका छन् । सोमबार बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री निस्किएको घटनालाई काँग्रेसले निन्दा गरेको हो ।

    पार्टीका प्रवक्ता देवराज चालिसेले वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको व्यवहारलाई संसदीय मर्यादा, संवैधानिक परम्परा र संस्थागत गरिमाको अवमूल्यन भएको बताएका हुन्।

    विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने सदनको संयुक्त बैठक राष्ट्रिय महत्वको औपचारिक, उच्चस्तरीय तथा संवेदनशील कार्यक्रम हो। आफ्नै नेतृत्वको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बैठकको अन्त्यसम्म उपस्थित हुन नचाहनु र अस्वाभाविक व्यवहार देखाउने शैलीले अप्रिय सन्देश दिएको छ ।’

    कांग्रेसले प्रधानमन्त्रीले लगाएको पोशाकबारे पनि प्रश्न उठाएको छ । राष्ट्रिय पोशाक कानुनी रूपमा अनिवार्य नभए पनि संवैधानिक तथा राष्ट्रिय महत्वका अवसरमा राष्ट्रिय पहिचान, सांस्कृतिक परम्परा र राज्यको प्रतीकात्मक गरिमाप्रति सम्मान प्रकट गर्ने स्थापित अभ्यास रहेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar