प्रधानमन्त्री बालेनले थाले मन्त्रीपछि सांसदहरुसँगको छलफल

  • कालिका खवर
  • सोमवार, चैत्र १६, २०८२
  • काठमाडौँ : प्रधानमन्त्री बालेन शाहले सांसदहरुसँगको छलफल सुरु गरेका छन् । आइतबार आफ्नो मन्त्रिपरिषद्का सदस्यसँग छलफल गरेका प्रधानमन्त्री बालेनले सोमबार सांसदहरुसँग छलफल सुरु गरेका छन् ।

    आइतबार छलफलमा मन्त्रीको योजनाबारे जानकारी लिएपद्धि अलमलमा नपरी काम अघि बढाउन निर्देशन दिएका प्रधानमन्त्री बालेनले सोमबार सांसदहरुसँगको छलफलमा जुटेका हुन् ।

    सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेनले कर्णाली प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । सबै राजनीतिक दलका सांसदहरु छलफलमा सहभागी भएका छन् ।

    प्रधानमन्त्री बालेनले अन्य प्रदेशका सांसदसँग पनि छलफल गर्ने भएका छन् । प्रधानमन्त्री बालेन प्रदेशअनुसार समूहगत रुपमा छुट्टाछुट्टै छलफलमा जुटेका हुन् । सोमबार सांसदहरुसँग छलफल नसकिए अर्को दिन गर्ने तयारी प्रधानमन्त्रीको रहेको उनको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar