ओलीलाई फौजदारी अपराधको कसूरमा मुद्दा चलाउन सिफारिस

  • कालिका खवर
  • आइतवार, फाल्गुन २४, २०८२
  • काठमाडौं : भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई फौजदारी कसूरको अभियोग लगाएर मुद्दा चलाउन सिफारिस गरेको छ ।

    आज प्रधानमन्त्रीलाई बुझाइएको जाँचबुझ प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई राष्ट्रिय स्तरमा जिम्मेवार ठहर गर्दै कारवाही गर्न सिफारिस गरिएको छ । तत्कालीन काठमाडौं जिल्ला सुरक्षा समितिका प्रमुखलाई जिल्ला स्तरमा जिम्मेवार गहर गरेर कारवाही सिफारिस गरिएको छ ।

    सरकारले यो प्रतिवेदन कार्यान्वयन गरेमा तत्कालीन प्रधानमन्त्री ओलीलाई फौजदारी अभियोग लगाएर मुद्दा चलाउन सकिन्छ । धेरैजसो फैजदारी कसूरमा आरोपीलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दा अगाडि बढाउने कानुनी व्यवस्था भएकोले उनीविरुद्ध लगाइने अभियोग हेरेर अदालतले उनलाई जेलमै राखेर मुद्दा चलाउने आदेश पनि दिन सक्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar