निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • कालिका खवर
  • शुक्रबार, चैत्र २०, २०८२
  • काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको मतपरिणामअनुसार पाण्डेले ५१४ मत ल्याउदै अध्यक्ष पदमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी आङदोर्जी लामाले ४१३ मत पाएका थिए ।

    वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन् भने महासचिवमा पाण्डे इतर प्यानलका शिवहरी घिमिरे ५२७ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत प्राप्त गरेका थिए ।

    यसैगरी, मंगल शाही नीतिगत उपमहासचिवमा र सन्तोष शाह आन्तरिक उपमहासचिवमा विजयी भएका छन् । कोषाध्यक्षमा उज्ज्वल गौतम र सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा गंगा पोखरेल निर्वाचित भएकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar