नगरपालिकाका प्रमुख कुशवाहाविरुद्ध भ्रष्टाचार मुद्दा

  • कालिका खवर
  • बुधबार, पुस ३०, २०८२
  • काठमाडौं : सर्लाहीको बलरा नगरपालिकाका प्रमुख शंकर प्रसाद कुशवाहासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख कुशवाहा, वडा न. ५ का वडा अध्यक्ष मनोज मोहन कुमार सिंह, प्रमुख प्रशासकीय अधिकृत सुशिल कुमार साह र लेखापाल राज कुमार महतो, तत्कालीन योजना शाखा प्रमुख उदय कुमार साह, शान्ति विकास कल्याण केन्द्र नेपाल, गौर–८, रौतहटका अध्यक्ष सविन्द्र नारायण साह, सदस्य उमेश कुमार पासवान र सदस्य जाजुल मिया कवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

    उनीहरूविरुद्ध बुधबार विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ। नगर कार्यपालिकाको कार्यालयबाट आव २०८०/८१ मा सञ्चालन भएको किशोरीहरूका लागि खेलौना बनाउने तालिममा विनियोजित भएको रकम हिनामिना गरेको उनीहरूमाथि आरोप छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar