नेविसंघ पब्लिक युथ क्याम्पस इकाई सभापतिमा रबिन्द्र दाहाल चयन

  • कालिका खवर
  • आइतवार, पुस ६, २०८२
  • काठमाडौँ  । नेपाल विद्यार्थी संघ (नेविसंघ) पब्लिक युथ क्याम्पस इकाई सभापतिमा रबिन्द्र दाहाल चयन भएका छन्। नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले संगठनको विधानअनुसार सिधै दाहाललाई इकाई सभापतिको जिम्मेवारी दिएका हुन्।

    दाहाललाई स्ववियु सभापति नवीन पाण्डे तथा निवर्तमान इकाई सभापति सन्तोष श्रेष्ठले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनीहरूले दाहालको नेतृत्वमा क्याम्पसमा नेविसंघ थप सशक्त हुने विश्वास व्यक्त गरेका छन्।

    इकाई सभापति चयनपछि प्रतिक्रिया दिँदै रबिन्द्र दाहालले भने, “केन्द्रीय अध्यक्षज्यूले मलाई दिनुभएको जिम्मेवारीप्रति आभारी छु। पब्लिक युथ क्याम्पसका विद्यार्थीको हक–हितका पक्षमा दृढ रूपमा उभिँदै संगठनलाई अनुशासित, सक्रिय र परिणाममुखी बनाउनेछु। सबै विद्यार्थी साथीहरूको साथ र सहकार्य अपेक्षा गर्दछु।”

    स्ववियु सभापति नवीन पाण्डेले बधाई दिँदै भने, “रबिन्द्र दाहाल मेहनती र समर्पित विद्यार्थी नेता हुनुहुन्छ। उहाँको नेतृत्वमा नेविसंघले क्याम्पसमा विद्यार्थीका समस्या समाधान गर्न अझ प्रभावकारी भूमिका खेल्नेछ। स्ववियुका तर्फबाट आवश्यक सहयोग रहनेछ।”

    निवर्तमान इकाई सभापति सन्तोष श्रेष्ठले भने, “नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण हुनु संगठनका लागि सकारात्मक कुरा हो। रबिन्द्र दाहाल सक्षम र जिम्मेवार व्यक्ति हुनुहुन्छ। उहाँले सुरु भएका अभियानलाई निरन्तरता दिँदै संगठनलाई अझ मजबुत बनाउनुहुनेछ भन्ने विश्वास लिएको छु।”

    नयाँ नेतृत्व चयनसँगै पब्लिक युथ क्याम्पसमा नेविसंघको संगठन विस्तार, विद्यार्थी एकता र शैक्षिक मुद्दामा सक्रियता थप बढ्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar