नेपालमा सार्वजनिक भयो स्काईवेल बीई ११, नाडा अफरमा ४६.९९ लाखदेखि

  • कालिका खवर
  • मङ्लबार, भदौ ९, २०८३
  • काठमाडौं । लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड स्काईवेलको बीई ११ नेपालमा सार्वजनिक भएको छ। एलआरआर मोटर्सले मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२६ को अवसर पारेर बीई ११ का विभिन्न भेरियन्ट औपचारिक रूपमा सार्वजनिक गरेको हो।

    कम्पनीले बीई ११ लाई ४१० किलोमिटर र ५२० किलोमिटर रेन्ज दिने गरी विभिन्न भेरियन्टमा उपलब्ध गराएको छ। नियमित मूल्यअनुसार ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ, कम्फर्टको ५५ लाख ९९ हजार रुपैयाँ र लक्जरी भेरियन्टको ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

    त्यस्तै, ५२० किलोमिटर रेन्ज दिने भेरियन्टको नियमित मूल्य ६४ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

    नाडा अटो शोमा विशेष छुट

    नाडा अटो शो अवधिभर ग्राहकलाई विशेष अफर उपलब्ध गराइएको एलआरआर मोटर्सले जनाएको छ। अफरअन्तर्गत ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्ट ४६ लाख ९९ हजार रुपैयाँ, कम्फर्ट ५३ लाख ९९ हजार रुपैयाँ र लक्जरी भेरियन्ट ५४ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ।

    त्यस्तै, ५२० किलोमिटर रेन्ज दिने भेरियन्टको नाडा अफर मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

    यसअघि सोमबार एलआरआर मोटर्सले नेपालमा स्काईवेलको लोगो सार्वजनिक गरेको थियो।

    ५२० किलोमिटरसम्म रेन्ज

    कम्पनीका अनुसार बीई ११ मा ७१.९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री प्याक प्रयोग गरिएको छ, जसले एकपटक पूर्ण चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ।

    त्यस्तै, ५१.९१ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री विकल्पमा उपलब्ध बीई ११ ले एकपटक चार्ज गर्दा ४१० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ।

    डीसी फास्ट चार्जरमार्फत चार्ज गर्दा बीई ११ लाई करिब ३५ मिनेटमा ७० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ। दुवै ब्याट्री विकल्पमा १५० किलोवाट क्षमताको मोटर प्रयोग गरिएको छ। ८०० भोल्टको हाई–भोल्टेज आर्किटेक्चरले फास्ट चार्जिङलाई सहयोग गर्ने कम्पनीले जनाएको छ।

    लक्जरी फिचरसहित बीई ११

    स्काईवेल बीई ११ मा पानोरामिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट, फराकिलो केबिन तथा आधुनिक बडी डिजाइनलगायतका सुविधा छन्।

    यसमा १९८ मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ। उच्च ग्राउन्ड क्लियरेन्सका कारण नेपाली सडकका विभिन्न भू–भागमा सवारी सञ्चालन गर्न सहज हुने कम्पनीको दाबी छ।

    नाडा अटो शोमा स्काईवेलको स्टल एच–१९ मा रहेको छ। प्रदर्शनी अवधिमा ग्राहकले बीई ११ का विभिन्न भेरियन्ट, प्रविधि र विशेष मूल्यबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar