नेपाल सांस्कृतिक कला मन्दिरको २५ औं वार्षिकोत्सवको अवसरमा ‘राष्ट्रिय लाखे नाच प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम’ हुँदै

  • कालिका खवर
  • बिहिबार, भदौ २५, २०८३
  • निराज रानाभाट, काठमाडौं । नेपाल सांस्कृतिक कला मन्दिरले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा ‘राष्ट्रिय लाखे नाच प्रदर्शनी, सांस्कृतिक तथा सम्मान कार्यक्रम – २०८३’ आयोजना गर्ने भएको छ । मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा विभिन्न क्षेत्रबाट लाखे नाच तथा सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

    कार्यक्रम २०८३ असोज ३ र ४ गते काठमाडौंको चन्द्रागिरि नगरपालिका -९, मच्छेगाउँस्थित भलिबल ग्राउण्डमा सञ्चालन हुने छ । कार्यक्रममा सांस्कृतिक प्रस्तुति, राष्ट्रिय लाखे नाच प्रदर्शनीसँगै विभिन्न व्यक्तित्वलाई सम्मान गरिने आयोजकले जनाएको छ । आयोजकले मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा चासो राख्ने सम्पूर्णलाई कार्यक्रममा उपस्थित भई गरिमामय सहभागिता जनाउन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar