नेपाल बैंक ८९ औं वर्षमा प्रवेश: ‘गौरवमय इतिहासबाट प्रेरित, आधुनिक बैंकिङतर्फ अग्रसर’

  • कालिका खवर
  • आइतवार, कार्तिक ३०, २०८२
  • काठमाडौँ । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेड ८९ औं वर्षमा प्रवेश गरेको छ। आज कात्तिक ३० गते आइतबार बैंकले ८८ वर्ष पूरा गरी आधिकारिक रूपमा ८९ औं वर्षमा प्रवेश गरेको हो। वार्षिकोत्सवका अवसरमा बैंकले ग्राहक, शेयरधनी तथा सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दै शुभकामना प्रेषित गरेको छ।

    बैंकले आगामी दिनहरूमा अझ गुणस्तरीय र आधुनिक प्रविधिमैत्री बैंकिङ सेवा विस्तार गर्दै जाने प्रतिबद्धता बाहिर सार्वजनिक गरेको छ।

    वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष प्राडा डिल्लीराज शर्माले नेपाल बैंक नेपाली जनता र व्यवसायीहरूको विश्वासको धरोहरका रूपमा स्थापित रहँदै आएकाे उल्लेख गरे। उनका अनुसार बैंकले विभिन्न चुनौती र परिवर्तनका कालखण्ड पार गर्दै प्रतिस्पर्धात्मक बैंकिङ वातावरणमा निरन्तर सबल, सक्षम र प्रभावकारी सेवा उपलब्ध गराइरहेको छ।

    उनले बैंकले देशमा बचत संस्कृतिको विकास, आर्थिक स्रोत परिचालन र पुँजी निर्माणमा महत्वपूर्ण योगदान गर्दै आएको बताए। साथै देशको औद्योगिक तथा व्यावसायिक क्षेत्रको विकास र विस्तारमा नेपाल बैंकले ऐतिहासिक रूपमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएको पनि अध्यक्ष शर्माले स्मरण गराए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar