नबिल बैंक ‘विकास नायक २०८२’द्वारा सम्मानित

  • कालिका खवर
  • मङ्लबार, पुस २२, २०८२
  • काठमाडौं । नबिल बैंक लिमिटेडले ‘विकास नायक २०८२’ सम्मान प्राप्त गरेको छ । विकास मिडियाद्वारा आयोजित विकास बहस तथा विकास नायक सम्मान समारोहमा अर्थमन्त्री रामेश्वर खनालले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज ज्ञवालीलाई अवार्ड प्रदान गरेका हुन् ।

    बैंक तथा बीमा क्षेत्रसहित वित्तीय क्षेत्रमार्फत नेपालको आर्थिक विकासमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप नबिल बैंकलाई सम्मान प्रदान गरिएको हो ।

    चार दशकभन्दा बढी समयदेखि नबिल बैंकले वित्तीय समावेशीकरण, डिजिटल नवप्रवर्तन तथा प्राथमिकता प्राप्त क्षेत्रहरूमा लगानीमार्फत नेपालको बैंकिङ क्षेत्रको नेतृत्व गर्दै आएको छ । गुणस्तरीय वित्तीय सेवामा पहुँच विस्तार, देशव्यापी डिजिटल बैंकिङ सेवा, उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन, र राष्ट्रिय राजस्वमा उल्लेखनीय योगदान नबिल बैंकका प्रमुख उपलब्धिहरू हुन् ।

    सम्मानप्रति प्रतिक्रिया दिँदै नबिल बैंकका सीइओ ज्ञवालीले भने, ‘विकास नायक २०८२ सम्मान प्राप्त गर्नु नबिल बैंकका लागि गर्वको विषय हो । यो सम्मान नबिल बैंकको चार दशक लामो राष्ट्रनिर्माण यात्राको कदर पनि हो ।’ उनले थपे, ‘वित्तीय समावेशीकरण, डिजिटल नवप्रवर्तन, रोजगारी सृजना, राजस्वमा दिइएको टेवा, ऊर्जा तथा पूर्वाधार विकासमार्फत दिगो आर्थिक वृद्धि हासिल गर्ने हाम्रो प्रतिबद्धतालाई यसले थप सुदृढ बनाएको छ ।’ समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनालाई यस्तो सम्मानले आधार दिएको बताउँदै उनले यस्तो सम्मानले देश विकासमा अझ टेवा पुर्‍याउन उर्जा प्रदान गरेको बताए ।

    नेपालको बैंकिङ रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै नबिल बैंक सन् १९८४ मा पहिलो संयुक्त लगानी बैंकको रूपमा स्थापना भएको थियो । पहिलो कम्प्युटराइज्ड बैंकको सुरुवात गर्दै बैंकिङमा नयाँ आयाम थपेको नबिल बैंकले आफ्नो सेवाको गुणस्तर, कार्यक्षमता र नवप्रवर्तनमा नयाँ मापदण्ड स्थापित गरेको छ । एनबैंक एप जस्ता डिजिटल प्लेटफर्ममार्फत समय, दूरी र लागत घटाउँदै सेवाबाट वञ्चित समुदायसम्म बैंकिङ सेवा विस्तार गरेको छ ।

    नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरका २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar