मुग्लिन-नारायणघाट सडक खण्डमा बस दुर्घटना

  • कालिका खवर
  • शुक्रबार, माघ १६, २०८२
  • काठमाडौं : मुग्लिन-नारायणघाट सडक खण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन्। दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६० नम्बरको बस शुक्रबार बिहान अन्दाजी ३:१० बजे चितवनको भरतपुर महानगरपालिका-२९ घुमाउनेस्थित नारायणघाट-मुग्लिन सडक खण्डमा दुर्घटना भएको हो। ट्राफिक प्रहरी कार्यालय चितवनका इन्स्पेक्टर अनील थापाका अनुसार बस आफै अनियन्त्रित भएर सडकमा पल्टिएको थियो।

    घाइतेमध्ये २ जना उपचार पश्चात डिस्चार्ज भइसकेको पनि उनले जानकारी दिए। बाँकी घाइतेहरूमध्ये मौलाकालिका अस्पतालमा १५ जना,  पुरानो मेडिकल कलेजमा १७ जना, नयाँ मेडिकल कलेजमा ५ जना र अरूलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बस पल्टिएपछि अवरुद्ध भएको सडक अहिले खुलिसकेको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar