मुद्दा संशोधन हुने भएपछि रवि लामिछाने खुशी

  • कालिका खवर
  • शनिबार, जेष्ठ ९, २०८३
  • काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्पत्ति शुद्धीकरण एवं सङ्गठित अपराधको अभियोग संशोधन हुने भएपछि खुशी लागेको प्रतिक्रिया दिएका छन् ।

    जिल्ला अदालत कास्कीले सम्पत्ति शुद्धीकरण एवं सङ्गठित अपराधको अभियोग संशोधन गरेपछि उनले खुशी लागेको प्रक्रिया दिएका हुन् । ‘मैले आदेश पढ्न पाएको त छैन । अदालतकै आदेशमा हामी चल्नु पर्ने हुन्छ’, सभापति लामिछानेले सञ्चारकर्मीसँग भने, ‘म खुशी छु यसमा ।’

    लामिछानेले कास्कीबाट निर्णय भए पनि लडाइँ अझै जारी रहेको पनि बताए । अन्य जिल्लाहरूमा आफूविरूका मुद्दाहरू अझै बाँकी रहेका उनको भनाइ थियो । ‘लडाइँ त मेरो अझै पनि बाँकी छ । अन्य जिल्लाहरू पनि जानु पर्ने छ,’ सभापति लामिछानेले भने, ‘एउटा जिल्लाबाट न भर्खर भएको हो । कास्कीबाट भएको थाहा पाएको छु । खुशी छु ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar