मोहन वैद्यले महासचिवबाट दिए राजीनामा

  • कालिका खवर
  • आइतवार, कार्तिक २, २०८२
  • काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव पदबाट मोहन वैद्य किरणले स्वैच्छिक राजीनामा दिएका छन् । उनले पार्टी महासचिवको पद छोडेका हुन् । ८० वर्ष उमेरका उनले स्वास्थ्य लगायतको कारण देखाउँदै पद छोड्ने निर्णय गरेका हुन् । उनको स्थानमा पार्टीले सीपी गजुरेललाई महासचिव बनाउने निर्णय गरेको नेता हुकुम सिंहले जानकारी दिए ।

    ‘किरण जी लामो समयदेखि महासचिव हुनुहुन्थ्यो, उहाँको स्वास्थ्यले साथ दिएन । त्यसैले महासचिवमा वरिष्ठ नेता सीपी गजुरेललाई नियुक्त गरिएको छ’, सिंहले हाम्रोदेशसँग भने ।

    पुष्पकमल दाहाल नेतृत्वको माओवादीसँग विद्रोह गरी २०६९ सालमा मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी ‘नेकपा- माओवादी’ बनेको थियो । २०८१ मंसिरमा भएको एकता महाधिवेशनबाट बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar