मन्त्री चौधरी र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता

  • कालिका खवर
  • बुधबार, चैत्र २५, २०८२
  • काठमाडौं । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गिता चौधरी र विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता भएको छ ।

    चैत २४ गते भएको सो भेटवार्तामा नेपाल सरकार र विश्व बैंकबीचको दीर्घकालीन सहकार्य तथा साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको हो ।

    साथै सरकारले अघि सारेको १०० बुँदे विकास एजेन्डा कार्यान्वयनमा जोड दिँदै वन, कृषि र ग्रामीण जीविकोपार्जनलाई प्रमुख प्राथमिकताका रूपमा अघि बढाइरहेको विषयमा पनि छलफल भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar