मीनभवनमा स्कार्पियोसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

  • कालिका खवर
  • बुधबार, अशोज २९, २०८२
  • काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर स्थित मीनभवनमा गएराति स्कार्पियो र मोटरसाइकल ठोक्किएका छन् । बानेश्वरबाट अगाडि बढेर सिभिल अस्पतालतर्फ मोड्दै गरेको बिएबी ०३६५ नम्बरको स्कार्पियोसँग सोही दिशाबाट आएको मोटरसाइकल ठोक्किएको हो ।

    गएराति भएको दुर्घटनामा बा.८१ प ४०१० नम्बरको मोटरसाइकल चालक गोरखा सिरानचोक घर भएका २३ वर्षीय बालकृष्ण परियारको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।

    स्कार्पियो चालक काठमाडौँको कपन घर भएका ४३ वर्षीय कृष्ण कुमार कुइँकेललाई प्रहरीले पक्राउ गरेको छ । मृतकको शव सिभिल अस्पतालमा छ । घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar