महराजगञ्जमा प्रहरीको हत्यामा संलग्न पेस्तोलसहित पक्राउ

  • कालिका खवर
  • आइतवार, कार्तिक २३, २०८२
  • काठमाडौँ । गत भदौ २४ गतेको आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगञ्जको भवनमा आगजनी, लुटपाट तथा प्रहरी कर्मचारीको हत्या मा संलग्न रहेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

    जिल्ला प्रहरी परिसर, काठमाडौँले खोजतलास गर्ने क्रममा भोजपुर दोभान गाउँपालिका-२ घर भई हाल काठमाडौँ महानगरपालिका, पवित्रनगर बस्ने इन्द्र बहादुर राईलाई शनिबार सामाखुसी चोकबाट नियन्त्रणमा लिएको हो।

    जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएअनुसार, ३६ वर्षीय राईको कोठा खानतलासी गर्दा प्रहरीको टाइप २४ पेस्तोल, उक्त म्यागेजिनमा ७ राउन्ड गोली र आन्दोलनको दिन लगाएको कपडा तथा जुत्तासमेत बरामद भएको छ।

    पक्राउ परेका राई उपर प्रहरी वृत्त महाराजगञ्जबाट ज्यान सम्बन्धी कसुरमा मुद्दा चलेको समेत अभिलेखमा देखिएको छ। उनलाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar