महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिका १७ आउटलेटमा १० प्रतिशतसम्म छुट

  • कालिका खवर
  • बुधबार, अशोज २८, २०८३
  • काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले फेसन तथा लाइफस्टाइल ब्रान्ड केटिएम सिटिका देशभरका १७ वटै आउटलेटमा पहिरन खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।

    यससम्बन्धी सम्झौतामा महालक्ष्मी विकास बैंक र केटिएम सिटिबीच हस्ताक्षर भएको हो। सम्झौताअनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकले केटिएम सिटिका आउटलेटबाट विभिन्न प्रकारका पहिरन खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

    केटिएम सिटिले नेपालमा स्पोर्ट्सवेयर, ज्याकेटलगायत विभिन्न प्रकारका फेसन तथा पहिरन बिक्री वितरण गर्दै आएको छ। ग्राहकको बदलिँदो आवश्यकता र गुणस्तरीय सेवामा जोड दिँदै आएको ब्रान्डले बैंकसँगको सहकार्यबाट आफ्ना उत्पादनमा ग्राहकलाई विशेष सुविधा उपलब्ध गराउने जनाएको छ।

    महालक्ष्मी विकास बैंकले ग्राहकलाई थप सुविधा प्रदान गर्ने तथा विभिन्न व्यावसायिक संस्थासँग सहकार्य विस्तार गर्ने उद्देश्यले यस्तो सम्झौता गरेको जनाएको छ। यस सहकार्यले बैंकका ग्राहकलाई फेसन तथा लाइफस्टाइलसम्बन्धी सामग्री खरिदमा सहुलियत प्रदान गर्नुका साथै ग्राहक सुविधाको दायरा विस्तार गर्ने अपेक्षा गरिएको छ।

    यसैबीच, बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब पनि सञ्चालनमा ल्याएको छ। बैंकले डिजिटल सेवा विस्तार र ग्राहकलाई थप सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले यस्ता पहल अघि बढाउँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar