महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गको भवन पुनर्निर्माणमा आर्थिक सहयोग

  • कालिका खवर
  • शुक्रबार, अशोज ३, २०८२
  • काठमाडौं । महालक्ष्मी विकास बैंकले हालैको आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको प्रहरी वृत्त दरबारमार्ग, काठमाडौंको भवनको पुनर्निर्माण तथा मर्मत सम्भारका लागि आर्थिक सहयोग प्रदान गरेको छ।

    दरबारमार्गस्थित प्रहरी कार्यालयमा प्रशासनिक कार्य सञ्चालनमा कठिनाइ भएपछि तत्काल मर्मत सम्भार र अन्य आवश्यक सिभिल कार्यको लागि बैंकले सहयोग गरेको हो। यस कदमले पुनर्निर्माण कार्य छिटो सम्पन्न हुने र कार्यालयलाई पुनः सशक्त रुपमा सञ्चालनमा ल्याउन मद्दत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
    बैंकले आफ्ना सम्पूर्ण सेवा पूर्ण रुपमा सञ्चालनमा रहेका साथै डिजिटल बैंकिङ सेवा सुरक्षित र सहज रुपमा उपलब्ध भइरहेको जानकारी गराएको छ।

    विगतदेखि नै नेपाली जनताको घरदैलोमा गुणस्तरीय वित्तीय सेवा पुर्‍याउँदै आएको महालक्ष्मी विकास बैंकले हाल १०२ शाखा (लेकसाइड शाखा बाहेक) मार्फत सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar