महालक्ष्मी विकास बैंक पुनः ISO 9001:2015 बाट अन्तर्राष्ट्रिय प्रमाणिकरण प्राप्त गर्न सफल

  • कालिका खवर
  • बिहिबार, कार्तिक १३, २०८२
  • काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015 बाट पुनः प्रमाणित भएको छ।

    गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय सेवा प्रदान गर्न सफल भएकै कारण बैंकले मिति २०८१ साल साउन ३२ गते (सन् २०२४ अगस्ट १६) देखि लागू हुने गरी प्रमाणपत्र प्राप्त गरेको थियो। सोही प्रमाणपत्रअन्तर्गत बैंकले २०८२ साल भदौमा सम्पन्न पहिलो सर्भिलियन्स अडिट सफलतापूर्वक पार गरी पुनः प्रमाणिकरण प्राप्त गरेको हो।

    महालक्ष्मी विकास बैंकले “Provision of Development Banking Activities” श्रेणी अन्तर्गत उक्त प्रमाणपत्र प्राप्त गरेको हो। विकास बैंकहरुमा यो प्रमाणपत्र प्राप्त गर्ने अग्रणी संस्थाको रूपमा महालक्ष्मी विकास बैंक स्थापित भएको बैंकले जनाएको छ।

    अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम गर्न सक्ने, उत्कृष्ट सेवा प्रदान गर्दै ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने तथा आफ्नो कार्य प्रणालीमा निरन्तर सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य ठहरिन्छ। यसका लागि बैंकका नीति, नियम, प्रक्रिया, अभिलेखीकरण र समग्र व्यवस्थापन प्रणालीको विस्तृत अडिट तथा मूल्याङ्कन गरिएको थियो।

    “सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसात गर्दै बैंकले विगत ३१ वर्षदेखि देशभरका नेपालीहरूलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका ८ लाखभन्दा बढी ग्राहकहरू रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar