मधेस सरकार गठन विवादः प्रदेश प्रमुखको कार्यालयमा सेना तैनाथ

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २८, २०८२
  • काठमाडौं, २८ कात्तिक । सरकार गठन प्रक्रियाको विवादका कारण तनावपूर्ण बनेको मधेस प्रदेशमा सेना परिचालन गरिएको छ । प्रदेश प्रमुख कार्यालय परिसरमा प्रदेश प्रमुखको सुरक्षार्थ सेना परिचालन गरिएको हो ।

    प्रदेश प्रमुख सुरेन्द्र लाभमाथि असुरक्षा बढेपछि सेना परिचालन गरिएको बताइएको छ । गत सोमबार नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले शपथ ग्रहण गरे पश्चात् तनावपूर्ण बनेको मधेस अझै शान्त बनेको छैन ।

    संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्नुपर्नेमा सरकार गठनको आव्हान नै नगरी संविधानको धारा १६८ को उपधारा ३ मा टेकेर ठूलो दलको हैसियतले एमाले मधेस संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै प्रदेश सभाका विपक्षी दलहरुरूले विरोध जनाएका छन् ।

    तत्कालीन प्रदेश प्रमुख साबित्री सुवेदी भण्डारीले नवनियुक्त मुख्यमन्त्री सहित ४ मन्त्रीलाई बर्दिबासस्थित पानस कटेजमा शपथ ग्रहण गराएकी थिइन्। हाल प्रदेश प्रमुख कार्यालय वरपर विपक्षी दलका मानिसरू भेला हुन थालेपछि सेना परिचालन गरिएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar