माछापुच्छ्रे बैंकको नाफा १६.९५ प्रतिशतले घट्यो

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २१, २०८२
  • काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नाफामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दोहोरो अंकको गिरावट आएको छ। बैंकले तीन महिनामा ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

    बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार, गत वर्षको सोही अवधिमा बैंकले ५० करोड ३२ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको थियो।

    समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि घटेको छ। गत वर्षको सोही अवधिमा रहेको सञ्चालन नाफा घटेर यस वर्ष १ अर्ब ४५ करोड ८९ लाख रुपैयाँ पुगेको छ, जुन ४०.१५ प्रतिशतको गिरावट हो।

    बैंकका खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै इम्पेयरमेन्ट चार्ज बढेको छ, जसले खुद नाफामा कमी ल्याएको छ। समीक्षा अवधिमा इम्पेयरमेन्ट चार्ज ४६ करोड ८ लाख रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य नाफा हाल ११ करोड ४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

    हाल बैंकको चुक्ता पूँजी १२ करोड ८ लाख ६२ हजार रुपैयाँ रहेको छ। बैंकले जगेडा कोषमा ६ अर्ब ५७ करोड ४ लाख रुपैयाँ राखेको छ।

    समीक्षा अवधिमा बैंकले १ खर्ब ९३ अर्ब ५४ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ४८ अर्ब ६५ करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    हाल बैंकको खराब कर्जा (NPL) ४.१३ प्रतिशत रहेको छ, जुन गत आवको पहिलो त्रैमासको ३.१५ प्रतिशत भन्दा बढी हो। बैंकको प्रतिशेयर आम्दानी (EPS) १३ रुपैयाँ ८३ पैसा र प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ६० पैसा कायम छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar