लुम्बिनीमा दसैँदेखि कात्तिक ९ सम्म ३४८ सवारी दुर्घटना, ३६ जनाको मृत्यु

  • कालिका खवर
  • बुधबार, कार्तिक ११, २०८३
  • बुटवल । लुम्बिनी प्रदेशमा दसैँको घटस्थापनादेखि कात्तिक ९ गतेसम्म ३४८ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ । १३६ जना घाइते भएका छन् ।

    राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय लुम्बिनी, बुटवलका सूचना अधिकारी मोहनजंग बुढथापाका अनुसार दुर्घटनामा मृत्यु हुनेमा २८ पुरुष र आठ महिला छन् ।

    सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका छन् । बुढथापाका अनुसार उक्त अवधिमा मोटरसाइकलसम्बन्धी ३१६ वटा र जिप तथा कारसम्बन्धी ६६ वटा दुर्घटना भएका छन् ।

    दसैँ, तिहारलगायत चाडपर्वमा यात्रुको आवागमन बढ्ने भएकाले दुर्घटनाको जोखिम पनि बढ्ने गरेको सूचना अधिकारी बुढथापाले बताए ।

    विशेषगरी ग्रामीण क्षेत्रमा क्षमताभन्दा बढी यात्रु बोक्ने र जाँचका क्रममा यात्रु झारेर पुनः चढाउने प्रवृत्तिले पनि जोखिम बढाएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar