लुम्बिनी प्रदेश सभा सदस्य पुनको निधन

  • कालिका खवर
  • आइतवार, भदौ १५, २०८२
  • काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ । शनिबार काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन सेन्टरमा उपचारका क्रममा उनको निधन भएको हो ।

    नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएकामा शनिबार निधन भएको जानकारी दिए ।

    पुनको अस्पतालमा एकैपटक दुईवटा जटिल शल्यक्रिया गरिएको थियो । पहिलो शल्यक्रियामार्फत छोरीलाई जन्म दिएपछि दोस्रो शल्यक्रियामार्फत मुटुमा कृत्रिम ‘भल्भ’ प्रत्यारोपण गरिए पनि उपचारकै क्रममा निधन भएको खड्काले बताए ।

    पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेश सभा सदस्य निर्वाचित भएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar