लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो : सभापति थापा

  • कालिका खवर
  • आइतवार, बैशाख २०, २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस भएको बताएका छन् ।  विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

    बदलिँदो समयमा सूचना सङ्कलन र सत्यको खोजी गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको उनको ठहर छ। उनले भनेका छन्– ‘कतिपय अवस्थामा देखिने असुरक्षा र दबाबका बिच पनि सत्यको पक्षमा उभिनुहुने सञ्चारकर्मी साथीहरूमा हार्दिक सम्मान ।’

    शुभकामना सन्देशमा थापाले भनेका छन्– ‘प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाको विरुद्ध होइन, यो त नागरिकको जान्न पाउने अधिकारको रक्षाका लागि हो। सत्य लेखेकै आधारमा कोही पनि डराउनु नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar