कुमारी बैंकका ग्राहकलाई आरोग्य वेल केयर क्लिनिकमा १०० प्रतिशतसम्म छुट

  • कालिका खवर
  • शुक्रबार, मंसिर १२, २०८२
  • काठमाडौँ। कुमारी बैंक लिमिटेड र आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेडबीच बैंकका ग्राहकलाई क्लिनिकमार्फत प्रदान गरिने स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतापछि कुमारी बैंकका ग्राहकहरूले अब विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट पाउन सक्नेछन्।

    सम्झौता अनुसार, आरोग्य वेल केयर क्लिनिकद्वारा उपलब्ध गराइने इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) सेवामा १०० प्रतिशत छुट दिइनेछ। त्यस्तै, इकोकार्डियोग्राम, २४ घण्टे एम्बुलेटरी रक्तचाप अनुगमन (ABPM), २४ घण्टे होल्टर ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी तथा अल्ट्रासाउन्ड सोनोग्राफी सेवामा ५० प्रतिशत छुट प्रदान गरिनेछ। डाक्टर परामर्श शुल्कमा ३० प्रतिशत र प्रयोगशाला परीक्षणमा २५ प्रतिशतसम्म छुट पनि उपलब्ध हुनेछ।

    २४ वर्षदेखि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले स्वास्थ्य सेवा साझेदारीलाई आफ्नो महत्वपूर्ण प्राथमिकतामध्ये एक बनाउँदै आएको छ। देशभर फैलिएका ३०२ शाखा, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइ मार्फत बैंकले अत्याधुनिक र प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

    कुमारी बैंकले भविष्यमा पनि ग्राहकलाई अझ सरल, सहज र उत्कृष्ट सेवा दिन यस्ता सहकार्यलाई निरन्तर विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar