कोसी प्रदेशसभा बैठक आज, आमसञ्चार विधेयक पारित गर्ने कार्यसूची

  • कालिका खवर
  • सोमवार, चैत्र २३, २०८२
  • विराटनगर । कोसी प्रदेशसभाको बैठक आज बस्दै छ । बैठकमा कोसी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्ने कार्यसूची तय गरिएको छ ।

    प्रदेशसभा सचिव सुदर्शन खड्काका अनुसार, दिउँसो १ बजे बस्ने बैठकमा उक्त विधेयक प्रमुख कार्यसूचीमा राखिएको छ ।

    कार्यसूचीअनुसार न्याय, प्रशासन तथा विधायन समितिकी सभापति कमला दनुवारले विधेयकसम्बन्धी समितिको प्रतिवेदन सभामा पेस गर्नेछिन् ।

    त्यसपछि विधेयकमाथि छलफल भई आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले प्रदेशसभा नियमावली २०७४ बमोजिम छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar