बालेन पनि केपी ओली कै बाटोमा : हर्क साम्पाङ

  • कालिका खवर
  • बुधबार, बैशाख १६, २०८३
  • काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ) ले सरकारले संसद अधिवेशन नबोलाइ अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका छन् ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष दुई अध्यादेश प्रमाणिकरणका लागि पठाएको छ । सोही विषयमा हर्कले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को विरोध जनाए । साथै उनले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग बालेनको तुलना समेत गरे ।

    ‘बालेन पनि केपी ओली कै बाटोमा ! संसद छलेर अध्यादेश,’ उनले सामाजिक सञ्जालमा भनेका छन् । त्यसो त ओली प्रधानमन्त्री भएका बेला संसद अधिवेशन छलेर अध्यादेश ल्याइएको भन्दै आलोचना हुने गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar