कोलकातामा सम्पन्न ३४औँ अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

  • कालिका खवर
  • बुधबार, पुस २३, २०८२
  • काठमाडौं । भारतको कोलकातामा जनवरी ३ र ४, २०२६ मा सम्पन्न ३४औँ अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल भएका छन्।
    प्रतियोगितामा ५० केजी तौल समूहमा रोसिका श्रेष्ठले स्वर्ण पदक जितिन्। यस्तै ५५ केजी तौल समूहमा सुमिना श्रेष्ठ, २५ केजीमा जिसन बल, ६५ केजीमा सुरज सुबेदी तथा ३५ केजीमा क्लेन महर्जनले स्वर्ण पदक हात पार्न सफल भए।

    उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोलीले कुल १५ स्वर्ण, १२ रजत र ७ कास्य पदक जित्दै उल्लेखनीय सफलता हासिल गरेको छ। नेपाली खेलाडीहरूको यस उल्लेखनीय उपलब्धिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको कराते खेलको साख थप मजबुत बनाएको छ भने आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनको अपेक्षा बढाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar