कला, साहित्य, संस्कृति सम्वद्र्धनको निरन्तरता हो : एलेन घिमिरे

  • कालिका खवर
  • आइतवार, साउन १०, २०८३
  • काठमाडौ । गोधूलि कला साहित्य प्रतिष्ठानका कोषाध्यक्ष एलेन घिमिरेले गोधूलिको कार्यक्रम कला, साहित्य, संस्कृति सम्वद्र्धनको निरन्तरता भएको बताएका छन् ।
    शनिवार एउटै मञ्चबाट गोधूलिले पन्ध्र स्रजकलाई अभिनन्दन, सम्मान तथा पुरस्कृत गरेको छ ।
    सोही कार्यक्रमबारे प्रतिक्रिया दिदै घिमिरेले यस्तो बताएका हुन । नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा शनिबार सम्पन्न कार्यक्रममा योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. रमेशकुमार ढुंगेललाई ‘गोधूली वाङ्मय शिखर अभिनन्दन’ अर्पिएको हो। त्यसैगरी वरिष्ठ कवि राजेन्द्र शलभ तथा वरिष्ठ साहित्यकार डा. छायादत्त न्यौपाने ‘बगर’लाई रु। एघार हजार एक सय एघारसहित ‘गोधूलि–भानु काव्यश्री सम्मान’ प्रदान गरियो। त्यस्तै सांस्कृतिक अध्येता डा. नरेश शाक्यलाई ‘गोधूलि सत्यमोहन संस्कृति सम्मान’, मूर्तिकार ताराप्रसाद ओझालाई ‘गोधूलि अरनिको ललितकला सम्मान’, लोकसाहित्य अनुसन्धानकर्ता डा। प्रतिभा पुनलाई ‘गोधूलि–भानु लोक साहित्य सम्मान’, कलाकार तथा सामाजिक अभियन्ता फूल कुमार बम्जनलाई ‘गोधूलि भानु सिर्जना सम्मान’, साहित्यकार गंगाप्रसाद भेटवाललाई ‘गोधूलि–भानु वाङ्मय सम्मान’, कलाकार तथा शिक्षासेवी टिकाराम शर्मालाई ‘गोधूलि शिक्षा–कला जागरण सम्मान’, साहित्यसेवी प्रकाश भण्डारी (बेलायत)लाई ‘गोधूलि कला–साहित्य सेवा सम्मान’, प्रेरक उद्यमी तथा साहित्यसेवी सबिता ढुंगाना र साहित्यकार डा. सीता विष्ट कार्कीलाई ‘गोधूलि साहित्य सिर्जना सम्मान’ अर्पिएको हो। साहित्यकार आश्मा अर्याललाई ‘गोधूलि युवा सिर्जनशील सम्मान’नौ हजार नौ सय उन्नानसय नगद राशिसहित प्रदान गरियो भने पाँच हजार पाँच सय पचपन्न नगद राशिसहित साहित्यकार एन्जेलिना न्यौपानेलाई ‘गोधूलि नवप्रतिभा सम्मान’ तथा दुई हजार पाँच सय पचपन्न नगद राशिसहित नेपाल बाल संगठन, सिफलका उमेश राईलाई चित्रकलातर्फ ‘गोधूलि–चिसकुमारी बाल–प्रतिभा पुरस्कार’ प्रदान गरिएको हो। पुरस्कृतहरुलाई कोषाध्यक्ष एलेन घिमिरेले नगद राशि हस्तान्तरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि प्राडा रमेशकुमार ढुंगेलले सम्मान तथा पुरस्कार प्रदान गर्दै साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा स्रष्टाहरूको योगदान राष्ट्रका लागि अमूल्य रहेको उल्लेख गरे। भानुजयन्तीको अवसरमा आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरिएको थियो। सो अवसरमा वरिष्ठ कवि गोपीकृष्ण प्रसाईंले भानु विशेष कविता वाचन गरेका थिए। गोधूलि प्रतिष्ठानका अध्यक्ष प्रकाश समीरले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व प्रतिष्ठानका विशिष्ट सदस्य पशुपति गुरुङले गरेकी थिइन्। कार्यक्रममा साहित्यकार, कलाकार, संस्कृतिकर्मी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar