कानून व्यवसायीले गरे दिउँसै लालटिन बालेर प्रदर्शन

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ ५, २०८३
  • काठमाडौँ : कानून व्यवसायीहरूले लालटिन बालेर प्रदर्शन गरेका छन् ।

    सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च परिसरमा प्रदर्शन भएको हो ।

    एसोसिएसनको सोमबारको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

    सत्य र न्यायको खोजीका लागि मंगलबार दिउँसो १ बजे नेपाल बारको कार्यालय प्राङ्गणमा लालटिन बालेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar