पटना जाँदै गरेको यात्रुवाहक रेलमा आगलागी

  • कालिका खवर
  • सोमवार, जेष्ठ ४, २०८३
  • काठमाडौं । भारतको बिहारको रोहतास जिल्लाको सासाराम रेलवे स्टेशनमा यात्रुवाहक रेलमा आगलागी भएको छ । आज बिहान सासारामबाट आरा हुँदै पटना जाँदै गरेको यात्रुवाहक रेलमा आगलागी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    रेलमा आगो लाग्ने बित्तिकै प्लेटफर्ममा रहेका यात्रुहरू र रेलवे कर्मचारीहरूमा त्रास फैलिएको थियो । रेलमा रहेका यात्रुहरू तुरुन्तै ओर्लिए र आफ्नो ज्यान बचाउन भागदौड गरेका थिए ।

    प्रत्यक्षदर्शीहरूका अनुसार घटनाको जानकारी पाएपछि रेलवे प्रशासन, रेलवे सुरक्षा बल र स्थानीय प्रहरी घटनास्थलमा पुगेर आगो निभाएका थिए । तर व्यवस्थापनको लापरवाहीका कारण रेलमा ठूलो क्षति पुगेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । उनीहरुका अनुसार समयमै पानी र आगो निभाउने उपकरणहरू प्रयोग गरिएको भए रेललाई थप क्षति हुनबाट बचाउन सकिन्थ्यो ।

    स्टेशनमा रहेका धेरैजसो आगो निभाउने सिलिन्डरहरूमा ग्यास पनि सकिएको थियो । प्रारम्भिक रूपमा सर्ट सर्किट भएर आगलागी भएको आशंका गरिएको छ । रेलवे प्रशासनले घटनाको अनुसन्धान सुरु गरेको छ । घटनामा कुनै पनि यात्रु घाइते भएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar