कांग्रेस संसदीय दलको नेता चयनका लागि बैठक आह्वान

  • कालिका खवर
  • आइतवार, बैशाख १३, २०८३
  • काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको नेता चयन पेचिलो बनिरहेका बेला केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । बैठक सोमबार ११ बजेका लागि बोलाइएको हो ।

    उक्त बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ ।

    कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ। निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले संसदीय दलको बैठकबाट दलको नेता चयनसम्बन्धी विषयलाई पारित गर्ने कार्यसूची रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar