कांग्रेस दैलेखमा बहुमत प्रतिनिधिहरू विशेष महाधिवेशनको पक्षमा रहेको दाबी

  • कालिका खवर
  • शनिबार, पुस २६, २०८२
  • सुर्खेत । नेपाली कांग्रेसको बलियो प्रभाव रहेको दैलेखमा विशेष र नियमित महाधिवेशनको विषयलाई लिएर नेता–कार्यकर्ताहरू विभाजित देखिएका छन् । विशेष महाधिवेशनको पक्षमा खुलेका नेताहरूले बहुमत सदस्यहरू विशेष महाधिवेशनको पक्षमा रहेको दाबी गरेको छ ।

    दैलेखबाट विशेष महाधिवेशनको नेतृत्व हाल कर्णाली प्रदेशसभा सदस्य, पूर्वमन्त्री कृष्णकुमार विसी, पूर्व जिल्ला सचिव भूपेन्द्र शाही लगायतले गरेका छन् । विसी पूर्वजिल्ला सभापति हुन् । यस्तै निवर्तमान सांसद दीक्पालकुमार शाही पनि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।

    यी नेताहरू भोलिबाट काठमाडौँमा सुरु हुने विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौँ गइसकेका छन् । ‘दैलेखमा बहुमत सदस्य विशेषको पक्षमा छौँ,’ नेता भूपेन्द्र शाहीले रातोपाटीसँग भने, ‘हामी काठमाडौँ आइसकेका छौँ, कोही बाटोमा हुनुहुन्छ ।’

    उनका अनुसार दुईवटा निर्वाचन क्षेत्र रहेको दैलेखमा यसअघि प्रतिनिधिहरूको सङ्ख्या ५२ थियो । जसमा ३ जनाको मृत्यु भइसकेको छ भने एक जनाले पार्टी परित्याग गरिसकेका छन् । यस्तै एक जनाले राजीनामा दिएका छन् । बाँकी ४६ जनामध्ये ३२ जना विशेष महाधिवेशनको पक्षमा रहेको उनको दाबी छ ।

    अझै केही नेताहरू खुल्ने सम्भावना रहेको पनि उनले बताए । शुक्रबार जिल्ला सभापति मणिराम रेग्मीले विशेष महाधिवेशनमा नजान प्रतिनिधिहरूलाई आग्रह गरेका थिए । जिल्ला सचिव नारायण रेग्मीले विशेष पक्षधरको दाबीमा सत्यता नभएको बताए । उनका अनुसार, विशेषको पक्षमा २१ जना मात्रै रहेको बताए । दैलेख संस्थापन इत्तर समूह बलियो रहेको जिल्ला हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar