कामना सेवा विकास बैंकले घोषणा गर्‍यो १५.७८९५ प्रतिशत लाभांश, बोनस र नगदसहित

  • कालिका खवर
  • आइतवार, भदौ २२, २०८२
  • कामना सेवा विकास बैंकको लाभाशं घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८१–८२ को संचित मुनाफावाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १५.७८९५ प्रतिशत लाभाशं दिने घोषणा गरेको हो ।

    यो वर्ष बैंकले १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १५.७८९५ प्रतिशत लाभाशं घोषणा गरेको हो ।

    उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १९ औं वार्षिक साधारण सभावाट पारित भए पश्चात सेयरधनीहरुले उक्त लाभाशं प्राप्त गर्नेछन् ।

    योसंगै लाभाशं घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ । गत वर्ष बैंकले १२ प्रतिशत लाभाशं वितरण गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar