कामना सेवा विकास बैंक र होटल सब्रिनाबीच १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता

  • कालिका खवर
  • आइतवार, कार्तिक ३०, २०८२
  • काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको बुढानिलकण्ठस्थित होटल सब्रिनासँग सेवा शुल्कमा छुट प्रदान गर्ने सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले होटलका अकोमोडेसन, फुडबेभरेज सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

    बैंकका ग्राहकहरूले बैंकसँगको आवद्धताको प्रमाण पेश गरेपछि सो सुविधा सहजै लिन सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ। यस सहकार्यबाट आवद्ध समग्र ग्राहक तथा कर्मचारीले प्रत्यक्ष लाभ पाउने विश्वास बैंकले व्यक्त गरेको छ।

    सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र होटल सब्रिनाका सञ्चालन प्रबन्धक समिर थापाले औपचारिक रूपमा हस्ताक्षर गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar