‘कालमेगी’ आँधीका कारण भियतनाममा वितण्डा, लाखौं घरपरिवार प्रभावित

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २१, २०८२
  • काठमाडौं, २१ कार्तिक । समुद्री आँधी ‘कालमेगी’ले भियतनाम समेत प्रभावित भएको छ ।

    आँधीले भियतनाममा पनि वितण्डा मच्चाएको हो । बिहीबार साँझ मध्यतिर भियतनाम प्रवेश गरेको आँधीका कारण मुसलधारे वर्षा र शक्तिशाली हावाका कारण व्यापक क्षति समेत पुर्याएको छ ।

    आँधीले धेरै स्थानहरूमा रूखहरू उखेलेको छ भने छानामा क्षति पुर्याएको र भवनहरूको सिसाका झ्यालहरू फुटाएको छ ।
    धेरै प्रान्तका ठूला क्षेत्रहरूमा विद्युत आपूर्ति बन्द हुँदा लाखौं घरपरिवार प्रभावित भएका छन्।

    आँधीका कारण एक जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने भियतनामी सरकारले एक लाख घरपरिवारलाई खाली गराएको छ । तटीय क्षेत्रका लाखौं मानिस प्रभावित भएका छन् ।

    आँधीका कारण फिलिपिन्समा ११४ जनाको ज्यान गइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar