कैलालीमा प्रहरीको स्वीप अपरेसन : एक हप्तामा १४९ जना पक्राउ

  • कालिका खवर
  • सोमवार, मंसिर ८, २०८२
  • कैलाली । कैलाली प्रहरीले एक हप्तामा १४९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र सो कार्यालय मातहतका कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले मङ्सिर १ गतेदेखि ७ गतेसम्म सञ्चालन गरेको स्वीप अपरेसनबाट १४९ जना फरार प्रतिवादी पक्राउ परेका हुन् ।

    जिल्ला अदालत कैलालीले विभिन्न मितिमा फैसला गरी कैद तथा  जरिवाना तिर्न बाँकी रहेका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिएका छन् । पक्राउ परेका फरार प्रतिवादीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला  अदालतमा पठाइएको सिंहले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar