क्रान्तिको सपना अझै पूरा भएको छैन : प्रचण्ड

  • कालिका खवर
  • आइतवार, बैशाख २०, २०८३
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन् ।

    रुकुम पूर्व पुगेका प्रचण्डले आइतबार (वैशाख २०) मुसिकोट नगरपालिका–१०, खर्सुपानीमा आयोजित पार्क उद्घाटन कार्यक्रममा सबै कम्युनिस्ट एकताबद्ध भएर क्रान्तिको सपना पूरा गरिने उल्लेख गरे ।

    उनले पछिल्ला उपलब्धिलाई थप व्यवस्थित गर्न शान्ति सम्झौता र संविधान पक्षधर सबै राजनीतिक दललाई मिलाएर अगाडि बढ्ने बताए ।

    प्रचण्ड यही वैशाख १७ गते मतदाता भेटघाट गर्न रुकुम पुगेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar