जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

  • कालिका खवर
  • आइतवार, कार्तिक ३०, २०८२
  • काभ्रे । पनौती नगरपालिका–४ बसपार्कस्थित मणिक श्रेष्ठले सञ्चालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार २ सय ३० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar