जंगलमा अर्धनग्न अवस्थामा महिलाको शव फेला

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २७, २०८३
  • विराटनगर । मोरङको केराबारी गाउँपालिका–२ फैबामा जंगलभित्र एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी मोरङका अनुसार अन्दाजी ३१–३२ वर्षीया पार्वती लिम्बूको शव घरबाट करिब एक किलोमिटर टाढाको जंगलमा बिहीबार साँझ फेला परेको हो । स्थानीयले अर्धनग्न अवस्थामा जंगलभित्र महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    जिल्ला प्रहरी मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालका अनुसार लिम्बूको शव अर्धनग्न अवस्थामा फेला परेको छ र शरीरमा बाहिरी चोटपटक नदेखिएको जानकारी दिए । विवाहित लिम्बूको पति–पत्नीबीच पटकपटक विवाद एवं झैझगडा हुने गरेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् ।

    मृत्युको कारण खुल्न नसकेको र घटनाको अनुसन्धानका लागि फरेन्सिक चिकित्सकसहितको टोली घटनास्थलतर्फ पठाइएको प्रहरी उपरीक्षक कटवालले बताए । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar