पाँच घण्टामै फरार कैदी पक्राउ गर्न पर्सा प्रहरी सफल, एसपी पवन भट्टराईको सक्रियताको प्रशंसा

  • कालिका खवर
  • बिहिबार, कार्तिक २६, २०८३
  • बीरगंज । बीरगंज कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका कैदी सुनिल साह तुराहालाई पर्सा प्रहरीले फरार भएको करिब पाँच घण्टाभित्रै पक्राउ गर्न सफल भएको छ।

    बिहीबार बिहान कारागारमा सरसफाइका क्रममा फोहोर फाल्न जाने क्रममा कारागारको पर्खाल नाघेर फरार भएका तुराहाको खोजीमा पर्सा प्रहरीले तत्कालै सक्रियता देखाएको थियो।

    कैदी फरार भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लाका विभिन्न नाका तथा शंकास्पद स्थानमा खोजतलास तीव्र बनाएको थियो। प्रहरीको निरन्तर परिचालन, समन्वय र सक्रियताका कारण फरार भएको पाँच घण्टा नबित्दै उनलाई भारतको बिहार जिल्ला मोतिहारी थाना आदापुर स्थित नेपाल भारत सिमा क्षेत्रबाट पुन: नियन्त्रणमा लिन प्रहरी सफल भएको हो।

    यस घटनामा पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईको नेतृत्व, कार्यकुशलता र प्रहरी टोलीको सक्रियता प्रशंसनीय देखिएको छ। सुरक्षा चुनौतीका बीच छोटो समयमै फरार कैदीलाई पक्राउ गर्न सफल हुनुले पर्सा प्रहरीको जिम्मेवारीबोध र कार्यसम्पादनप्रति सकारात्मक सन्देश दिएको छ।

    अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम तथा नागरिकमा सुरक्षाको अनुभूति गराउने जिम्मेवारीमा पर्सा प्रहरीको यस्तो सक्रियता सराहनीय छ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar