आफ्नो खुसीसँगै अरूको पीडामा सहभागी बनौँ : भण्डारी

  • कालिका खवर
  • बिहिबार, कार्तिक २६, २०८३
  • काठमाडौं :  नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले चाडपर्वको उल्लासबाट बाहिर निस्केर गरिब, असहाय तथा विपन्न समुदायको अवस्थाबारे सोच्न आग्रह गरेका छन्।

    उनले धेरै नाचगान, रमाइलो र खुसी साटासाट गरिसकेकाले अब गरिब, असहाय, बाढीपीडित, सुकुम्बासी तथा विदेशिएका नेपालीले कसरी चाडपर्व मनाए होलान् भनेर सोच्ने बेला आएको बताएका हुन्।

    ‘अब चाडपर्वको उल्लासबाट बाहिर निस्कने बेला भयो। धेरै नाच्यौँ, रमायौँ, खुसी साट्यौँ; अब एकपटक सोचौँ!’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘गरिब, असहाय, बाढीपीडित, सुकुम्बासी र विदेशिएका नेपालीले कसरी चाडपर्व मनाए होलान्?’

    आफूसँग केही पनि नभएको अवस्थाको पीडा अनुभूति गर्न आग्रह गर्दै भण्डारीले समाजमा रहेका अभाव पहिचान गरी ती पूरा गर्न लाग्नुपर्ने बताए।

    उनले आवश्यकता र चाहनाबीचको फरक बुझ्नुपर्नेमा जोड दिँदै जीवन सहज बनाउन यी दुईबीचको सीमा पहिचान गर्नुपर्ने बताए। ‘एकपटक आफूसँग केही पनि छैन भन्ने पीडाको अनुभूति गरौँ। त्यसपछि के–के अभाव रहेछ, पहिचान गरौँ र ती अभाव पूरा गर्न लागौँ,’ उनले भने, ‘आवश्यकता र चाहना फरक हुन्। जीवन सहज बनाउन यी दुईबीचको सीमा बुझौँ। आफ्नो खुसीसँगै अरूको पीडामा पनि सहभागी बनौँ। के गर्ने भन्ने प्रश्नको जवाफ हाम्रै कर्ममा छ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar