पोखरामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ जना घाइते

  • कालिका खवर
  • बिहिबार, कार्तिक २६, २०८३
  • पोखरा । पोखरामा बिहीबार बिहान जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । पोखरा २३ को दुण्डेफाँटमा घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

    दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा पु¥याइएको थियो । उपचारकै क्रममा एक जनाको ज्यान गएको कास्की प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पर्वत घर भई हाल पोखरा महानगरपालिका २४ पामे बस्दै आएका २३ वर्षीय मिलन गुरुङ छन् ।

    दुर्घटनामा घाइते हुनेमा घाँटीछिनाका १५ वर्षीय विवेक बिक, चैनपुरका १६ वर्षीय विवस पराजुली र पोखरा २३ का १४ वर्षीय अमित सुनार छन् ।

    यस्तै, १८ वर्षीया अनिशा नेपाली, १२ वर्षीय उज्ज्वल सुनार, ११ वर्षीय निशान नेपाली, १४ वर्षीय सन्देश नेपाली, २० वर्षीया मुस्कान गुरुङ, १२ वर्षीय आसिस सुनार, १३ वर्षीय सन्जल सुनार, १९ वर्षीया निसा नेपाली र २० वर्षीय दिपिन खत्री घाइते भएका प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar