जनअपेक्षा बुझ्न एमालेले कार्यशैली बदल्नैपर्छ : गुरुङ

  • कालिका खवर
  • सोमवार, भदौ ८, २०८३
  • काठमाडौँ : नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीको नीति, विचार, कार्यशैली र संगठनलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने बताएका छन्।

    लमजुङको बेंसीशहर नगरपालिक-८ स्थित मदन-आश्रित स्मृति भवनमा आयोजित एमाले जिल्ला कमिटीको १३औँ बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष गुरुङले यस्तो बताएका हुन्। पार्टीलाई थप सुदृढ, प्रभावकारी र जनमुखी बनाउन विचार र संगठनमा आवश्यक पुनर्गठन गर्नुपर्ने उनको भनाइ छ।

    जनताको बदलिँदो अपेक्षालाई सम्बोधन गर्न पार्टीले आफ्नो कार्यशैलीमा सुधार गर्दै अघि बढ्नुपर्ने गुरुङले बताए। उनले पार्टीका गतिविधिलाई जनताका समस्यासँग जोड्न र कार्यकर्तालाई सक्रिय तथा जिम्मेवार ढङ्गले परिचालन गर्न निर्देशन दिए। कार्यक्रममा एमाले केन्द्रीय कमिटी सचिव खगराज अधिकारीले पार्टीभित्र भएका गल्ती तथा कमजोरीलाई स्वीकारेर अघि बढ्नुको विकल्प नभएको बताए।

    विगतका कमजोरीको समीक्षा गर्दै जनताको चाहना र अपेक्षाअनुसार पार्टी निर्माण गर्नुपर्नेमा उनले जोड दिए। सचिव अधिकारीले सबै तहका नेता–कार्यकर्ता जिम्मेवार भएर संगठन सुदृढीकरणमा लाग्नुपर्ने बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar