जमलमा तीन वटा सवारी साधन आपसमा ठोक्किए

  • कालिका खवर
  • मङ्लबार, माघ १३, २०८२
  • काठमाडौँ : काठमाडौँको जमलस्थित सिद्धि भवन अगाडि तीन वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

    मंगलबार केहीबेर अघि मोटरसाइकल, स्कुटर र एउटा माइक्रो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    प्रहरीका अनुसार, दुर्घटनामा परेर एक जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ । प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar