झापामा १६ वर्षीया किशोरी बलात्कृत

  • कालिका खवर
  • शुक्रबार, माघ ९, २०८२
  • झापा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाका एक युवक पक्राउ परेका छन्। गौरादह नगरपालिका–८ झारवारी बस्ने ३१ वर्षीय कृष्ण कुमार राजवंशीलाई प्रहरीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो।

    राजवंशीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए। उजुरी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट जुरोपानीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

    पक्राउ परेका राजवंशीलाई इलाका प्रहरी कार्यालयमा राखेर थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ। घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र पीडित किशोरीको स्वास्थ्य परीक्षण लगायतका कार्यहरू भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar