झापा र मोरङमा दुई पुरुष मृत फेला

  • कालिका खवर
  • शुक्रबार, माघ २, २०८२
  • झापा । झापा र मोरङमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। झापाको बिर्तामोड नगरपालिका–१० समावेशी टोलस्थित भुतेनी खोलाको बाँधमा एक पुरुषको शव फेला परेको हो।

    करिब ५५ वर्षका देखिने ती मृतक पुरुषको नाम, थर र ठेगाना अझै खुल्न सकेको छैन। प्रहरीले बिहीबार शव फेला पारेपछि उनको पहिचान गर्ने प्रयास गरिरहेको छ। त्यसैगरी मोरङको रतुवामई नगरपालिका–४ झुर्कियास्थित बाटोमा पनि एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्।

    स्थानीय ४० वर्षीय सागर ताजपुरिया बिहीबार बाटोमा मृत फेला परेका हुन्। दुवै घटनाका सम्बन्धमा प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar