जेनजी–सरकार सम्झौताविरुद्ध सर्वोच्चमा रिट, न्यायाधीश ढुंगानाको इजलासमा पेसी

  • कालिका खवर
  • शुक्रबार, पुस ४, २०८२
  • काठमाडौं । संविधानसँग बाझिने गरी भएको सरकार–जेनजी सम्झौताविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । बिहीबार दायर भएको रिट आजै पेसीमा चढेको छ ।

    अधिवक्ता डा. प्रेमराज शिलवालले दायर गरेको रिट न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ । न्यायाधीश ढुंगानाको पेसी सूचीमा चौथो नम्बरमा परेको छ । यो रिटमा आजै सुनुवाइ हुनेछ ।

    अधिवक्ता डा. शिलवालले सरकारलाई संविधान संशोधन गर्ने म्यान्डेड नभएको, नियुक्तिपत्रमै फागुनमा चुनाव गराउने उल्लेख रहेको र प्रधानमन्त्री स्वयं संवैधानिक हैसियतमा नरहेको भन्दै सम्झौता अन्तरिम आदेशबाट कार्यान्वयन रोकी उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar