जेनजी प्रदर्शनमा एसपीको बर्दी लगाउने युवक नियन्त्रणमा

  • कालिका खवर
  • बुधबार, अशोज १, २०८२
  • काठमाडौँ । जेनजी प्रदर्शनमा पोखरामा प्रहरी उपरीक्षक(एसपी) को बर्दी लएर सडकमा हिँड्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भदौ २४ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा आगजनी गरेपछि एक जना युवकले एसपी श्यामबावु ओलियाको बर्दी लगाएर हिँडेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

    बर्दी लगाउने रुकुम पूर्व घर भएका दिपेश शाही ठकुरी हुन् । उनलाई नियन्त्रणमा लिएर  प्रहरीले सार्वजनिक अपराध सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रशासन कार्यालय कास्कीका एक जना अधिकृतले बताए । तर, प्रहरीले अहिलेसम्म त्यसबारे औपचारिक जानकारी दिएको छैन ।

    जेनजी प्रदर्शनमा संलग्न कसैलाई पनि नियन्त्रणमा नलिएको कास्कीका एसपी श्यामबावु ओलियाले दाबी गरे । उनले भने, ‘हामीले अपराध नियन्त्रणमा आफ्नो दैनिक काम सुरु गरेका छौँ तर, अन्य विषयमा कोही पनि पक्राउ परेका छैनन् ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar